मंगलबार १९ जेठ २०८३
समाज

भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बास्तोला नियुक्त

मंगलबार जेठ १९, २०८३/ Tuesday 06-02-26

काठमाडौँ । सरकारले भूमि समस्या समाधान आयोगको अध्यक्षमा बलभद्र बास्तोलालाई नियुक्त गरेको छ। मंगलबार सम्पन्न मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षसहित सदस्यहरूको नियुक्ति गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार आयोगका सदस्यमा अमिरप्रसाद न्यौपाने, पद्मिनी सोती र रेहना श्रेष्ठ नियुक्त भएका छन्। नवगठित टोलीले भूमि सम्बन्धी समस्या समाधानका लागि आयोगमार्फत काम गर्नेछ।

तपाईको प्रतिक्रिया