मंगलबार १९ जेठ २०८३
अर्थ

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम ५ अर्ब २६ करोड

मंगलबार जेठ १९, २०८३/ Tuesday 06-02-26

काठमाडौं । अघिल्लो कारोबार दिनको गिरावटपछि सेयर बजारले मंगलबार पुनः सुधारको संकेत दिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२.२१ अंकले उकालो लागेर २७७७.५८ विन्दुमा पुगेको हो। बजेट सार्वजनिक भएलगत्तै सोमबार बजार झन्डै २७ अंकले घटेको थियो।

मंगलबारको कारोबारमा अधिकांश कम्पनीहरूको सेयर मूल्य बढेको देखिएको छ। नेप्सेका अनुसार १८३ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा ७८ कम्पनीको मूल्य घट्यो भने १० कम्पनीको मूल्य स्थिर रह्यो।

यस दिन कुल ५ अर्ब २६ करोड ५२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। एक करोड १३ लाख ८५ हजारभन्दा बढी कित्ता सेयर ६१ हजार ५२७ पटक किनबेच भएको तथ्यांकले देखाएको छ।

कारोबारका क्रममा कालिञ्चोक हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, क्रेस्ट माइक्रोफाइनान्स, नेपाल रिइन्स्योरेन्स र गुर्खाज फाइनान्सका लगानीकर्ताले उल्लेख्य लाभ कमाए।

समूहगत प्रदर्शनतर्फ म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ समूह बाहेक अन्य सबै उपसमूहमा हरियाली देखिएको छ। १३ मध्ये १२ समूहको सूचक बढ्दा समग्र बजारमा सकारात्मक माहोल कायम भएको हो।

तपाईको प्रतिक्रिया