काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आगामी बिहीबार बस्ने भएको छ। समितिले मंगलबार जारी गरेको विज्ञप्तिमार्फत बैठकको मिति र स्थान सार्वजनिक गरेको हो।
विज्ञप्तिअनुसार जेठ २१ गते दिउँसो १ बजे ललितपुरस्थित बी.पी. नगरमा रहेको पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा बैठक आयोजना गरिनेछ।
समितिले बैठकमा सहभागी हुन संयोजक तथा सबै सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरेको जनाएको छ। बैठकमा अनुशासन समितिसँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया