शुक्रबार २२ जेठ २०८३
खेलकुद

एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले आज भुटानसँग खेल्दै

बिहीबार जेठ २१, २०८३/ Thursday 06-04-26

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट अन्तर्गत नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘डी’ अन्तर्गत नेपाल र भुटानबीचको खेल नेपाली समयअनुसार बिहान ७:१५ बजे सुरु हुनेछ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको थियो। महिला टी–२० एसिया कपको छनोट प्रतियोगितासमेत रहेको यस प्रतियोगितामा १८ टोलीको सहभागिता रहेको छ।

नेपाल रहेको समूह ‘डी’ मा कतार, भुटान र हङकङ छन्। नेपालले समूह चरणको अन्तिम खेल पर्सि हङकङसँग खेल्ने तालिका छ। प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्।

क्वार्टरफाइनल खेलहरू जेठ २७ गते, सेमिफाइनल जेठ २९ गते तथा तेस्रो स्थान र फाइनल खेल जेठ ३० गते हुनेछन्। प्रतियोगिताबाट उत्कृष्ट चार टोली आगामी महिला एसिया कपका लागि छनोट हुनेछन्।

 

तपाईको प्रतिक्रिया