शुक्रबार २२ जेठ २०८३
अर्थ

१३ अंक घट्यो सेयर बजार, चार अर्ब ७० करोडको कारोबार

बिहीबार जेठ २१, २०८३/ Thursday 06-04-26

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाली सेयर बजारमा गिरावट देखिएको छ। दिनभर उतारचढावबीच कारोबार भएको बजार अन्त्यमा १३.४६ अंकले घट्दै समग्र बजार परिसूचक (नेप्से) २७६६.७८ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज ६३ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १९८ कम्पनीको मूल्य घटेको छ। आठ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

यस दिन कुल चार अर्ब ७० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। एक करोड ६ लाख १७ हजार ४८३ कित्ता सेयर ५१ हजार ६०१ पटक खरिद–बिक्री भएका छन्।

कारोबारका आधारमा केही कम्पनी तथा ऋणपत्रहरूले उल्लेखनीय लाभ हासिल गरेका छन्। कालिञ्चोक हाइड्रोपावर, न्यादी हाइड्रोपावर, एसबिआई बैंक डिबेन्चर, एनआईसी एशिया ऋणपत्र तथा नबिल डिबेन्चर उच्च प्रतिफल दिने शीर्ष सूचीमा परेका छन्।

समूहगत प्रदर्शनतर्फ म्युचुअल फन्ड उपसूचक सामान्य रूपमा हरियो रह्यो भने अन्य सबै समूह सूचकहरू घटेका छन्। यसले समग्र बजारमा लगानीकर्ताको दबाब कायमै रहेको संकेत गरेको छ।

तपाईको प्रतिक्रिया