शनिबार २३ जेठ २०८३
समाज

वायु सेवा निगमको सञ्चालक समिति पदाधिकारी छनोट रोक्न सर्वोच्चको अन्तरिम आदेश

शुक्रबार जेठ २२, २०८३/ Friday 06-05-26

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको सञ्चालक समिति तथा अध्यक्ष छनोट प्रक्रिया तत्कालका लागि रोक्न आदेश दिएको छ।

न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शुक्रबार अन्तरिम आदेश जारी गर्दै छनोट प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको हो।

सरकारले खुला प्रतिस्पर्धामार्फत निगमका सञ्चालक समिति सदस्य र अध्यक्ष नियुक्त गर्ने तयारीस्वरूप आवेदन आह्वान गरेको थियो। तर सर्वोच्चको आदेशसँगै उक्त प्रक्रिया हालका लागि रोकिएको छ।

अदालतले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल वायु सेवा निगमको छनोट समितिका नाममा अन्तरिम आदेश जारी गरेको हो।

अब मुद्दाको अन्तिम टुंगो नलागेसम्म छनोट प्रक्रियाबारे थप निर्णय अदालतको आदेशअनुसार हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया