शनिबार २३ जेठ २०८३
अर्थ

११ अंक घट्यो सेयर बजार, ५ अर्बमाथिको कारोबार

शुक्रबार जेठ २२, २०८३/ Friday 06-05-26

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घट्दै बन्द भएको छ।

बिहीबार नेप्से ११.३७ अंकले घटेर २७५५.४१ विन्दुमा पुगेको हो। कारोबारका क्रममा अधिकांश कम्पनीको सेयर मूल्य घट्दा बजार समग्र रूपमा नकारात्मक बनेको देखिएको छ।

यस दिन ७४ कम्पनीको सेयर मूल्य बढेको भने १८४ कम्पनीको मूल्य घटेको छ। ११ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।

दिनभरमा पाँच अर्ब ६२ करोड ५६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कुल एक करोड २७ लाख ३२ हजार कित्ता सेयर ५५ हजार ४६७ पटक किनबेच भएका छन्।

सबैभन्दा बढी कमाउने कम्पनीहरूमा कालीञ्चोक हाइड्रोपावर, उपकार लघुवित्त, लक्ष्मी बैंक डिबेन्चर, बेष्ट फाइनान्स र सिटी होटेल रहेका छन्।

समूहगत सूचक हेर्दा फाइनान्स समूह २.७७ प्रतिशतले बढेको छ। यस्तै होटल तथा पर्यटन, म्युचुअल फन्ड र नन–लाइफ इन्स्योरेन्स समूहमा पनि सामान्य वृद्धि देखिएको छ। तर अन्य अधिकांश समूहका सूचक घटेका कारण समग्र बजार नकारात्मक बनेको हो।

तपाईको प्रतिक्रिया