शनिबार २३ जेठ २०८३
समाज

श्रीमतीको हत्या आरोपमा एक व्यक्ति पक्राउ

शनिबार जेठ २३, २०८३/ Saturday 06-06-26

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

प्रहरीका अनुसार ४२ वर्षीय कुमार थापाले घरायसी विवादका क्रममा आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरेका थिए। गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि थापालाई प्रहरीले नियन्त्रणमा लिई प्रहरी वृत्त बालाजुमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

तपाईको प्रतिक्रिया