समाज
हुन्डी कारोबारको आशंकामा रसुवाबाट एक व्यक्ति पक्राउ, १९ लाखभन्दा बढी नगद बरामद
आइतबार जेठ २४, २०८३/ Sunday 06-07-26
रसुवा । हुन्डी कारोबारमा संलग्न रहेको आशंकामा रसुवाबाट एक व्यक्तिलाई प्रहरीले करिब १९ लाख ५२ हजार रुपैयाँ नगदसहित पक्राउ गरेको छ।
शनिबार स्याफ्रुबेँसीबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ज ४८०७ नम्बरको सुमो गाडीमा यात्रा गरिरहेका गोसाईंकुण्ड गाउँपालिका–३ निवासी ३५ वर्षीय मिङमार छिरिङ गुरुङलाई प्रहरीले धुन्चे क्षेत्रमा चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो।
अस्थायी प्रहरी पोस्ट धुन्चेबाट खटिएको टोलीले पासाङ ल्हामु राजमार्गमा नियमित जाँच गर्ने क्रममा गुरुङको साथबाट १९ लाख ५२ हजार १ सय रुपैयाँ नगद फेला पारेको जनाएको छ।
घटनापछि प्रहरीले गुरुङविरुद्ध हुन्डी कारोबारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। यसका लागि रसुवा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया