मंगलबार २६ जेठ २०८३
राजनीति

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

सोमबार जेठ २५, २०८३/ Monday 06-08-26

काठमाडौँ ।  विपक्षी दलहरूको विरोधका कारण प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद्मा आपत्ति जनाएका थिए। उनीहरूले उक्त अभिव्यक्ति संसद्को अभिलेख (रेकर्ड) बाट हटाउनुपर्ने तथा प्रधानमन्त्रीले सदनको रोष्ट्रममा उपस्थित भई माफी नमागेसम्म बैठक सञ्चालन हुन नदिने अडान लिएका थिए।

विपक्षी सांसदहरूले लगातार अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले परिस्थिति सामान्य बनाउन प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुन्।

सदनमा देखिएको विवादले संसद्को नियमित कार्यसूची प्रभावित बनेको छ भने दलहरूबीच सहमति खोज्ने प्रयास जारी रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया