काठमाडौं। भदौ १० गते लाङटाङ क्षेत्रमा आएको हिमपहिरो र त्यसपछिको बाढीले चीनको केरुङ बन्दरगाहमा ठूलो क्षति पुर्याएको छ। चीनतर्फ हालसम्म ४३ जनाको मृत्यु पुष्टि भएको छ भने ५१९ जना अझै बेपत्ता छन्।
चीनले उद्धारका लागि २ हजार ५०० भन्दा बढी उद्धारकर्मी र ५०० भन्दा बढी सवारीसाधन परिचालन गरेको जनाएको छ। उद्धारका क्रममा दुई जनालाई जीवितै उद्धार गरिएको छ। बेपत्तामध्ये २३ देशका २६१ विदेशी नागरिक रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।
चीनले नेपाललाई मौसम तथा जलविज्ञानसम्बन्धी सूचना उपलब्ध गराउनुका साथै उद्धार सामग्री र ३२० टन बेली ब्रिज सामग्रीसमेत सहयोग गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया