काठमाडौं । गत भदौ २३ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झनामा आज ‘जेनजी शहीद दिवस’ मनाइँदै छ।
आन्दोलनपछि देशको राजनीतिक परिस्थितिमा ठूलो परिवर्तन आएको थियो। आन्दोलनको प्रभावसँगै तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो।
आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्मान तथा स्मरणमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘जेनजी शहीद दिवस’का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
तपाईको प्रतिक्रिया