मंगलबार २३ भदौ २०८३
समाज

चिलिमे सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङ तीव्र

सोमबार भदौ २२, २०८३/ Monday 09-07-26

रसुवा। भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धारका लागि खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।

सुरुङभित्र केही कर्मचारी फसेको आशंका गरिएपछि नेपाली सेना र भारतीय सेनाको उद्धार टोली परिचालन गरिएको छ। सुरुङमा जमेको माटो, ढुंगा तथा अन्य भग्नावशेष हटाउन ब्लास्टिङमार्फत बाटो खुलाउने काम भइरहेको छ।

उद्धार टोलीले सुरुङको अवरोध हटाउँदै भित्रतर्फ जाने प्रयास गरिरहेको छ। उद्धारका लागि आवश्यक उपकरण तथा एक्स्काभेटरसमेत सुरुङ क्षेत्रमा लैजाने तयारी भइरहेको बताइएको छ।

उद्धार टोलीले सुरुङभित्र रहेका व्यक्तिसम्म पुग्न सकिने सम्भावना कायम रहेकाले खोजी कार्यलाई निरन्तरता दिएको छ।

 

तपाईको प्रतिक्रिया