बैतडी। दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ।
आज बिहान सडकखण्डमाथिबाट ढुङ्गासहितको पहिरो खसेपछि बैतडी जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो।
उहाँका अनुसार पहिरो हटाउन अहिले जेसिबी परिचालन गरिएको छ। सडकमा खसेको पहिरो हटाउने काम भइरहेको भए पनि पहिरोका कारण राजमार्गमा यातायात सेवा प्रभावित भएको छ।
तपाईको प्रतिक्रिया