मंगलबार २३ भदौ २०८३
बिजनेस

पोखरा उद्योग वाणिज्य संघमा पहिलो महिला अध्यक्ष

मंगलबार भदौ २३, २०८३/ Tuesday 09-08-26

पोखरा। पोखरा उद्योग वाणिज्य संघको ७२ वर्षे इतिहासमा शोभा गौतम पहिलो महिला अध्यक्ष निर्वाचित भएकी छन्।

सोमबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार गौतमले ७५१ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धी अर्जुन पोखरेलले ६३६ मत पाए।

गौतमसँगै वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र वास्तोला, उद्योग उपाध्यक्षमा सौगात थापा, वाणिज्य उपाध्यक्षमा मनोजकुमार श्रेष्ठ, महासचिवमा सुदीप प्रधानांग, उपमहासचिवमा प्रदीप राजभण्डारी र कोषाध्यक्षमा देवेन्द्र प्रजु निर्वाचित भएका छन्।

कास्कीकोटमा जन्मिएकी ४६ वर्षीया गौतमले चिया पसलबाट व्यवसाय सुरु गरेकी थिइन्। त्यसपछि रेस्टुरेन्ट, ब्युटी पार्लर हुँदै उनी फेसन तथा इभेन्ट व्यवस्थापन क्षेत्रमा स्थापित भएकी हुन्।

२०७३ सालमा पोखरा उद्योग वाणिज्य संघको उपसमिति सदस्यबाट संघमा प्रवेश गरेकी गौतम कार्यसमिति सदस्य, उपमहासचिव र महासचिव हुँदै अध्यक्ष बनेकी हुन्। हाल उनी ‘पुष्पाञ्जली फेसन एन्ड इभेन्ट’ र ‘सफल एडभर्टाइजिङ’ सञ्चालन गरिरहेकी छन्।

 

तपाईको प्रतिक्रिया