बुधबार ३ असार २०८३
अर्थ

सुनको भाउ आज तोलामै १० हजार १०० रुपैयाँले घट्यो

बुधबार जेठ २७, २०८३/ Wednesday 06-10-26

काठमाण्डौ । नेपाली बजारमा आज सुनचाँदीको भाउमा उल्लेख्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १० हजार १०० रुपैयाँले घटेर २ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १८५ रुपैयाँले ओरालो लागेर ४ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदीको मूल्य प्रतितोला ४ हजार ९२५ रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य उतारचढावको प्रभावसँगै नेपाली बजारमा पनि सुनचाँदीको भाउ घटेको व्यवसायीहरूले बताएका छन्।

 

तपाईको प्रतिक्रिया