बुधबार ३ असार २०८३
राजनीति

रास्वपाका महाधिवेशन प्रतिनिधिको शुल्क पाँच हजार निर्धारण

बुधबार असार ३, २०८३/ Wednesday 06-17-26

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनका लागि प्रतिनिधि र पर्यवेक्षकको शुल्क निर्धारण गरेको छ।

पार्टीको निर्णयअनुसार महाधिवेशन प्रतिनिधिले पाँच हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ भने पर्यवेक्षकका लागि दुई हजार रुपैयाँ अतिरिक्त शुल्क तोकिएको छ। यससँगै पर्यवेक्षक शुल्क कुल पाँच हजार रुपैयाँ कायम गरिएको जानकारी दिइएको छ।

आर्थिक अवस्था कमजोर भएका सदस्यहरूलाई महाधिवेशनमा सहभागी हुन सहज बनाउने उद्देश्यले पार्टीले विशेष सहायता कोष सञ्चालन गर्ने व्यवस्था गरेको छ।

रास्वपाको निर्वाचन आयोगका अनुसार महाधिवेशनमा करिब तीन हजार प्रतिनिधिको सहभागिता रहने अनुमान गरिएको छ।

पार्टीले आफ्नो पहिलो महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना गर्ने तयारी गरेको छ। रास्वपा स्थापना भएको चार वर्ष पूरा भएको अवसर पारेर महाधिवेशन सुरु गर्न लागिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया