शुक्रबार २९ जेठ २०८३
बिश्वो

अमेरिकाद्वारा इरानमाथि आक्रमण, हर्मोज जलमार्ग बन्द गर्ने घोषणा

बिहीबार जेठ २८, २०८३/ Thursday 06-11-26

काठमाडौं ।  अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ। अमेरिकी सेनाले लगातार दोस्रो दिन इरानका सैन्य तथा निगरानी केन्द्रहरूमा हवाई हमला गरेको छ। अमेरिकाले यसलाई इरानको आक्रामक गतिविधिको जवाफ भनेको छ भने इरानले अमेरिकी ‘अपाचे’ हेलिकप्टर खसालेपछि अवस्था झन् तनावपूर्ण बनेको छ।

इरानले हर्मोज जलमार्गमा दुई जहाजमाथि आक्रमण गरेको दाबी गर्दै उक्त मार्ग सबै जहाजका लागि बन्द गरेको घोषणा गरेको छ। तर अमेरिकी सेनाले यो दाबी अस्वीकार गर्दै जहाजहरूको आवतजावत जारी रहेको जनाएको छ।

तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २ प्रतिशतले बढेर प्रतिब्यारेल ९५ डलर नाघेको छ। अमेरिकी हमलापछि बहराइनमा हवाई आक्रमणको चेतावनी साइरन बजाइएको छ। इरानले बहराइन र कुवेतस्थित अमेरिकी सैन्य बेससहित १८ लक्ष्यमा प्रतिशोधात्मक आक्रमण गरेको दाबी गरेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग छिट्टै समझदारी हुन सक्ने बताए पनि सम्झौता नभए थप बमबारीको चेतावनी दिएका छन्। यता इरानी राष्ट्रपति पेजेस्कियानले कुनै पनि दबाब वा धम्कीसामु नझुक्ने बताएका छन्।

 

तपाईको प्रतिक्रिया