बुधबार ३ असार २०८३
बिश्वो

पाकिस्तानले एक सातामै ७६३ अफगान कैदी रिहा गर्‍यो, हजारौँ शरणार्थी स्वदेश फर्किए

शनिबार जेठ ३०, २०८३/ Saturday 06-13-26

एजेन्सी ।  पाकिस्तानले पछिल्लो एक सातामा ७६३ जना अफगान नागरिकलाई जेलबाट रिहा गरेको जनाएको छ। विभिन्न अभियोगमा पक्राउ परेका ती कैदीहरूलाई रिहा गरी अफगानिस्तान फर्काइएको हो।

अफगान अधिकारीहरूका अनुसार शनिबार मात्रै करिब ३ हजार ७०० अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फर्किएका छन्। रिहा गरिएका कैदीहरू दक्षिणी कान्दाहार प्रान्तस्थित स्पिन बोल्डक सीमा नाका तथा पूर्वी नङ्गरहार प्रान्तको तोरखाम सीमा हुँदै अफगानिस्तान प्रवेश गरेका छन्।

हाल विश्वभर करिब ६० लाख अफगान नागरिक विदेशमा बसोबास गरिरहेको अनुमान गरिएको छ। तीमध्ये अधिकांश छिमेकी पाकिस्तान र इरानमा रहेका छन्।

पछिल्ला महिनाहरूमा पाकिस्तान र इरान दुवैले कागजातविहीन विदेशी नागरिकमाथि निगरानी कडा बनाउँदै स्वदेश फर्कन दबाब बढाएका छन्। यसका कारण ठूलो सङ्ख्यामा अफगान नागरिकहरू आफ्नो देश फर्किरहेका छन्।

 

तपाईको प्रतिक्रिया