९२ वर्षपछि विश्वकपमा इजिप्टको ऐतिहासिक पुनरागमन, न्युजिल्यान्ड ३–१ ले पराजित
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक खेलमा इजिप्टले न्युजिल्यान्डलाई ३–१ ले पराजित गर्दै ९२ वर्षपछि विश्वकपमा ऐतिहासिक जित दर्ता गरेको छ।
क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस रंगशालामा भएको खेलमा न्युजिल्यान्डले पहिलो हाफमा फिन सुर्मानको हेडर गोलमार्फत १–० को अग्रता बनाएको थियो। विश्वकप इतिहासमा न्युजिल्यान्डले पहिलो हाफमा अग्रता लिएको यो पहिलो अवसर थियो।
तर दोस्रो हाफमा इजिप्टले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्यो। मोस्ताफा जिकोले हेडरमार्फत बराबरी गोल गरेपछि कप्तान मोहमद सलाहले गोल गर्दै इजिप्टलाई २–१ को अग्रता दिलाए। त्यसपछि खेलको अन्त्यतिर सलाहकै कर्नरमा ट्रेजेगुएले हेडर गोल गर्दै इजिप्टको ३–१ को जित सुनिश्चित गरे।
सन् १९३४ मा पहिलोपटक विश्वकप खेलेको इजिप्टले विश्वकपमा ९ खेलपछि पहिलो जित हासिल गर्दै ९२ वर्ष लामो जितको खडेरी अन्त्य गरेको हो।
यस जितसँगै इजिप्टले ४ अंक जोड्दै समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ भने नकआउट चरणमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ।
तपाईको प्रतिक्रिया