सोमबार ८ असार २०८३
राजनीति

लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

सोमबार असार ८, २०८३/ Monday 06-22-26

 

बुटवल । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको प्रदेशसभा बैठक स्थगित भएको छ। प्रदेश सरकारको विशेष अनुरोधपछि बैठक अर्को दिनका लागि सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरद्वारा जारी सूचनाअनुसार सोमबार दिउँसो १ बजे बस्ने भनिएको बैठक अब असार ९ गते मंगलबार दिउँसो ३ बजे सञ्चालन हुनेछ।

सचिवालयका अनुसार प्रदेशसभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) अनुसार सभामुखको निर्देशनमा बैठकको नयाँ मिति र समय निर्धारण गरिएको हो।

बैठक अन्तिम समयमा स्थगित भएपछि प्रदेशसभामा प्रस्तुत गरिने कार्यसूची तथा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि हुने छलफलसमेत प्रभावित हुने देखिएको छ।

तपाईको प्रतिक्रिया