काठमाडौं । नेपाली बजारमा मंगलबार सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ प्रतितोला १ हजार ६०० रुपैयाँले घट्दै २ लाख ८७ हजार १०० रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। एक दिनमै उल्लेख्य गिरावट आएपछि सुन खरिदकर्तालाई केही राहत पुगेको छ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघले मंगलबारका लागि चाँदीको भाउ प्रतितोला ४ हजार ५९० रुपैयाँ निर्धारण गरेको जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७३० रुपैयाँमा कारोबार भएको थियो, जसअनुसार यसको मूल्य १४० रुपैयाँले घटेको हो।
तपाईको प्रतिक्रिया