राजनीति
विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो
मंगलबार असार ९, २०८३/ Tuesday 06-23-26
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई म्याद थपका लागि मंगलबार विशेष अदालतमा उपस्थित गराइएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान प्रक्रिया अगाडि बढाउन उनलाई अदालतमा पेश गरेको हो।
पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो। विभागको अनुरोधमा जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले उनलाई नियन्त्रणमा लिएर मंगलबार काठमाडौं ल्याएको हो।
पार्टीको आन्तरिक चुनाव समीक्षा तथा संगठन पुनर्गठनसम्बन्धी कार्यक्रममा सहभागी हुन पौडेल आइतबार सुर्खेत पुगेका थिए। सोही क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
अनुसन्धानसँग सम्बन्धित थप प्रक्रिया अघि बढाउन विभागले अदालतबाट म्याद थपको अनुमति मागेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको सम्बन्धित निकायले जनाएको छ।
तपाईको प्रतिक्रिया