बुधबार १० असार २०८३
राजनीति

विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइयो

मंगलबार असार ९, २०८३/ Tuesday 06-23-26

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ। प्रहरीले उनलाई सोमबार नियन्त्रणमा लिएपछि रातारात स्थलमार्गबाट राजधानी ल्याएको हो।

काठमाडौं पुगेपछि पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ। विभाग स्रोतका अनुसार उनको सेयर कारोबार तथा सम्पत्तिको स्रोतबारे उठेका शंकाको आधारमा अनुसन्धान अघि बढाइएको छ।

पौडेल पार्टीको एक कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका बेला पक्राउ परेका थिए। अनुसन्धानको क्रममा उनलाई आजै म्याद थपका लागि अदालतमा पेश गर्ने तयारी गरिएको बताइएको छ।

यसअघि पक्राउ गर्नुअघि विभागको टोलीले काठमाडौंस्थित उनको निवासमा समेत छापा मारेको थियो। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया