खेलकुद
हाइटीविरुद्ध ४–२ को रोमाञ्चक जित हात पार्दै मोरक्को नकआउट चरणमा प्रवेश
बिहीबार असार ११, २०८३/ Thursday 06-25-26
काठमाडौँ । हाइटीविरुद्ध ४–२ को रोमाञ्चक पुनरागमन जित निकाल्दै मोरक्को फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ।
समूह ‘सी’ अन्तर्गत बिहीबार बिहान भएको खेलमा हाइटीले दुई पटक अग्रता लिए पनि मोरक्कोले उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको हो। मोरक्कोका लागि अकराफ हाकिमी, इस्माइल साइबारी, सुफियाने राहिमी र जेसिम यासिनले गोल गरे।
यो जितसँगै मोरक्को ३ खेलबाट ७ अंक जोड्दै समूहको उपविजेता बन्यो। समान ७ अंक भए पनि गोल अन्तरमा अघि रहेको ब्राजिल समूह विजेता बनेर अघिल्लो चरणमा पुगेको छ।
तपाईको प्रतिक्रिया