बिहीबार ११ असार २०८३
राजनीति

विष्णु पौडेलकी पत्नीले सर्वोच्चमा दायर गरिन् बन्दी प्रत्यक्षीकरणको रिट

बुधबार असार १०, २०८३/ Wednesday 06-24-26

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलको हिरासतविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरिएको छ।

पौडेलकी पत्नीले दायर गरेको रिटमा उनलाई राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरी गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गरिएको छ। पर्याप्त प्रमाणबिना नियन्त्रणमा लिइएको उल्लेख गर्दै तत्काल रिहाइका लागि बन्दीप्रत्यक्षीकरण आदेश जारी गर्न माग गरिएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान गरिरहेको प्रहरीले पौडेललाई हिरासतमा राखेको छ। यसअघि विशेष अदालतले मंगलबार उनलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

उक्त रिटमाथिको सुनुवाइका लागि सर्वोच्च अदालतले बिहीबारको पेसी तोकेको छ।

तपाईको प्रतिक्रिया