शनिबार १३ असार २०८३
राजनीति

रास्वपाको खुला उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

शुक्रबार असार १२, २०८३/ Friday 06-26-26

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत खुला उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।

उपसभापतिका अर्का उम्मेदवार विराजभक्त श्रेष्ठ ले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि वाग्ले निर्विरोध निर्वाचित भएका हुन्। श्रेष्ठले पार्टीभित्र सहमति र एकतालाई प्राथमिकता दिँदै वाग्लेलाई निर्विरोध निर्वाचित गराउन आफूले उम्मेदवारी फिर्ता लिएको बताएका छन्।

यसअघि शिशिर खनाल ले पनि महामन्त्री पदका लागि दिएको उम्मेदवारी फिर्ता लिइसकेका छन्।

तर महामन्त्री पदमा भने अझै एकभन्दा बढी नेताको दाबी कायम रहेकाले सहमति हुने सम्भावना न्यून देखिएको छ। त्यसैले रास्वपाको महामन्त्री पदका लागि प्रतिस्पर्धा हुने लगभग निश्चित भएको नेताहरूले बताएका छन्।

 

तपाईको प्रतिक्रिया