चितवन । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ।
पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् भने उपसभापतिको एक पदमा डा. स्वर्णीम वाग्ले पनि प्रतिस्पर्धाविनै चयन भएका छन्। अब बाँकी रहेका एक महामन्त्री, एक महिला उपसभापति, दुई सहमहामन्त्री तथा एक महिला सहमहामन्त्री पदका लागि प्रतिनिधिहरूले मतदान गरिरहेका छन्।
यसअघि आइतबारदेखि सञ्चालन भइरहेको महाधिवेशनबाट ९९ सदस्यीय केन्द्रीय समिति पनि चयन भइसकेको छ। पदाधिकारी चयनको मतदान सम्पन्न भएपछि मतगणना गरी अन्तिम परिणाम सार्वजनिक गरिनेछ।
तपाईको प्रतिक्रिया