राजनीति
तेस्रो पटक सूचना टाँसेर सारियो प्रतिनिधिसभा बैठक, अब आइतबार बस्ने
शुक्रबार असार १२, २०८३/ Friday 06-26-26
काठमाडौं । प्रतिनिधिसभाको बैठक फेरि एकपटक स्थगित गरिएको छ। आज बस्ने तय भएको बैठक सूचना प्रकाशित गर्दै अर्को दिनका लागि सारिएको हो।
संसद् सचिवालयका अनुसार अब प्रतिनिधिसभाको बैठक शनिबार बिहान ११ बजे बस्ने गरी तय गरिएको छ।
लगातार तेस्रोपटक प्रतिनिधिसभाको बैठक स्थगित भएको हो। सचिवालयले बैठक स्थगित गर्नुको कारण ‘विशेष परिस्थिति’ रहेको उल्लेख गरेको छ। बैठक स्थगितसँगै संसद्का निर्धारित कार्यसूची पनि प्रभावित भएका छन्।
तपाईको प्रतिक्रिया