शनिबार १३ असार २०८३
राजनीति

एमालेसँग तत्काल सहकार्य सुरु हुन्छ : प्रचण्ड

शुक्रबार असार १२, २०८३/ Friday 06-26-26

विराटनगर । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग निकट भविष्यमा सहकार्य अघि बढ्ने बताएका छन्।

विराटनगरमा शुक्रबार आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेसँगको सहकार्यको प्रक्रिया छिट्टै सुरु हुने संकेत दिएका हुन्।

उनले एमालेसँग मात्र नभई अन्य वामपन्थी शक्तिहरू र लोकतान्त्रिक दल जनता समाजवादी पार्टी (जसपा)सँग पनि निरन्तर संवाद भइरहेको जानकारी दिए। आगामी महाधिवेशनले पार्टीभित्र नयाँ राजनीतिक मोड ल्याउने दाबी गर्दै प्रचण्डले ‘मेरो अन्तिम क्रमभङ्ग कस्तो हुन्छ, अब हेर्दै जानुहोस्,’ भन्ने अभिव्यक्ति दिएका थिए।

त्यस्तै, पार्टीले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारलाई पनि प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले सहसंयोजक माधवकुमार नेपाल हाल रुस भ्रमणमा रहेको र आफू चाँडै श्रीलङ्का जाने तयारीमा रहेको जानकारी पनि दिएका छन्।

तपाईको प्रतिक्रिया