शनिबार १३ असार २०८३
राजनीति

रास्वपाको उपसभापतिमा सोबिता गौतम निर्वाचित

शुक्रबार असार १२, २०८३/ Friday 06-26-26

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा सोबिता गौतम निर्वाचित भएकी छन्।

शुक्रबार सम्पन्न पदाधिकारी निर्वाचनअन्तर्गत भएको मतदानमा सोबिता गौतमले प्रतिस्पर्धी तोशिमा कार्कीलाई पराजित गर्दै उपसभापतिको जिम्मेवारी आफ्नो नाममा पारिन्।

मतपरिणामअनुसार सोबिताले ७८९ मत प्राप्त गरिन् भने तोशिमा कार्कीले ५७२ मतमा चित्त बुझाइन्।

निर्वाचित सोबिता गौतम हाल प्रतिनिधिसभा सदस्य तथा नेपाल सरकारकी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री हुन्। प्रतिस्पर्धी तोशिमा कार्की पनि प्रतिनिधिसभा सदस्य हुन् र यसअघि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेकी छन्।

रास्वपाको महाधिवेशनअन्तर्गत पदाधिकारी चयन प्रक्रिया जारी रहेको छ भने अन्य पदहरूको मतगणना पनि क्रमशः सार्वजनिक भइरहेको छ।

तपाईको प्रतिक्रिया