शनिबार १३ असार २०८३
राजनीति

रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित

शुक्रबार असार १२, २०८३/ Friday 06-26-26

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट विपिन आचार्य महामन्त्रीमा निर्वाचित भएका छन्।

शुक्रबार सार्वजनिक मतपरिणामअनुसार आचार्यले कडा प्रतिस्पर्धामा मनिष झा, सागर ढकाल र गणेश कार्कीलाई पछि पार्दै महामन्त्री पदमा विजय हासिल गरेका हुन्।

निर्वाचनपछि पराजित उम्मेदवार मनिष झाले सामाजिक सञ्जालमार्फत विपिन आचार्यलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

रास्वपाको पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व चयनको प्रक्रिया जारी रहेको छ भने अन्य पदाधिकारीहरूको मतपरिणाम पनि क्रमशः सार्वजनिक भइरहेका छन्।

तपाईको प्रतिक्रिया