शनिबार १३ असार २०८३
राजनीति

रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ?

शुक्रबार असार १२, २०८३/ Friday 06-26-26

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत पाँच पदाधिकारीका लागि भएको निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ।

सार्वजनिक परिणामअनुसार महिला उपसभापतिमा सोबिता गौतम ७८९ मतसहित निर्वाचित भएकी छन्। उनकी निकटतम प्रतिस्पर्धी तोसिमा कार्की ले ५७२ मत प्राप्त गरिन्।

महामन्त्रीमा विपिन कुमार आचार्य ६७३ मतसहित विजयी भएका छन्।

सहमहामन्त्री (खुला) पदमा असिम शाह ४७१ मत र हरि ढकाल ४१० मत प्राप्त गर्दै निर्वाचित भएका छन्।

यस्तै, महिला सहमहामन्त्रीमा निशा डाँगी ७३७ मतसहित विजयी भएकी छन्।

यससँगै रास्वपाको पहिलो महाधिवेशनबाट पाँच पदाधिकारीको निर्वाचन प्रक्रिया सम्पन्न भएको छ।

 

तपाईको प्रतिक्रिया