काठमाडौं। नेपाल प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको नियमित गस्ती तथा निगरानीका क्रममा लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाँकेबाट पाँच, मकवानपुरबाट तीन, कैलाली र दाङबाट दुई/दुई तथा सुनसरी र काठमाडौंबाट एक/एक जना पक्राउ परेका हुन्।
पक्राउ परेकाहरूको साथबाट गाँजा, अफिम, खैरो हेरोइनका साथै चिकित्सकको सिफारिसबिना खरिद–बिक्री गर्न नपाइने ट्रामाडोल र स्पास्मो बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
तपाईको प्रतिक्रिया