समाज
जिप दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानाको मृत्यु
शनिबार असार १३, २०८३/ Saturday 06-27-26
प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मीनराज राना मगरको सवारी दुर्घटनामा मृत्यु भएको छ।
स्वर्गद्वारी–२ बाङ्गेसल्लाबाट धनवाङतर्फ जाँदै गरेको लु.प्र.०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको बोलेरो पिकअप जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार जिप उपमेयर राना मगर आफैंले चलाइरहेका थिए। दुर्घटनापछि जिप सडकबाट करिब ५०० मिटर तल खसेको थियो। दुर्घटनाका बेला गाडीमा उनी मात्रै सवार रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका ५० वर्षीय राना मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
तपाईको प्रतिक्रिया