बुधबार १७ असार २०८३
अर्थ

३५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

मंगलबार असार १६, २०८३/ Tuesday 06-30-26

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट अतिरिक्त तरलता व्यवस्थापन गर्ने उद्देश्यले ३५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। उक्त ऋणपत्र मंगलबार बोलकबोल (अक्सन) प्रक्रियामार्फत बिक्री गरिनेछ।

यस ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले मात्र लगानीका लागि आवेदन दिन सक्नेछन्। यसको ब्याजदर बोलकबोलबाट निर्धारण गरिनेछ भने प्राप्त ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकका अनुसार आवेदनका लागि न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम कुल आह्वान गरिएको रकमभित्र, ५ करोड रुपैयाँको गुणांकमा आवेदन दिन सकिनेछ।

'नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ क' नाम दिइएको यस उपकरणलाई बैंकिङ प्रणालीमा हाल देखिएको अधिक तरलता व्यवस्थापन गर्ने उपायका रूपमा जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया