काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य उल्लेखनीय रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ प्रतितोला ४ हजार ५०० रुपैयाँले घटेर २ लाख ७७ हजार ९०० रुपैयाँमा कायम भएको छ।
यसअघि सोमबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो मूल्य समायोजनसँगै सुन खरिद गर्ने उपभोक्ताले केही राहत पाएका छन्।
यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। महासंघका अनुसार चाँदी प्रतितोला २५ रुपैयाँले घटेर ४ हजार २८५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३१० रुपैयाँ रहेको थियो।
तपाईको प्रतिक्रिया