राजनीति
रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुने
मंगलबार असार १६, २०८३/ Tuesday 06-30-26
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण बुधबार हुने भएको छ।
रास्वपाले बुधबार बिहान ११ बजे पार्टी कार्यालय वनस्थलीमा नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम तय गरिएको जनाएको छ।
रास्वपाको पहिलो महाधिवेशन असार ७ गते सुरु भई असार १२ गतेसम्म चलेको थियो। उक्त महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
पार्टी विधानअनुसार बाँकी ५१ जना केन्द्रीय सदस्य भने सभापतिद्वारा मनोनित गरिनेछन्।
तपाईको प्रतिक्रिया