ट्राफिक नियम उल्लंघनमा ५ सय देखि १ लाखसम्म जरिवानाको प्रस्ताव
काठमाडौं । सरकारले ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई कडा जरिवाना गर्ने व्यवस्था सहित नयाँ सवारी तथा यातायात ऐनको मस्यौदा तयार गरेको छ।
प्रस्तावित विधेयकमा ट्राफिक नियम उल्लंघन गरे न्यूनतम ५ हजारदेखि अधिकतम १ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ। मादक पदार्थ सेवन गरी सवारी चलाए दुईपांग्रे चालकलाई २५ हजार, चारपांग्रेलाई ३५ हजार र ठूला सवारी चालकलाई ५० हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ। सवारी चलाउँदा मोबाइल फोन प्रयोग गरे १० हजार रुपैयाँ तथा कालो सिसा प्रयोग गरे १ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था राखिएको छ।
हाल प्रचलित ऐनमा अधिकतम १ हजार ५ सय रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेकामा नयाँ मस्यौदाले त्यसलाई उल्लेख्य रूपमा बढाएको छ। प्रस्तावित व्यवस्थाप्रति सामाजिक सञ्जाल र विभिन्न क्षेत्रबाट व्यापक विरोध तथा आलोचना भइरहेको छ।
विधेयक अहिले कानुन मन्त्रालयमा रहेको छ। मन्त्रिपरिषदबाट स्वीकृत भएपछि संघीय संसदमा दर्ता भई छलफल र पारित प्रक्रियामा जानेछ।
तपाईको प्रतिक्रिया