हालान्डको निर्णायक गोलमा नर्वे अन्तिम १६ मा, आइभरी कोस्ट २–१ ले पराजित
काठमाडौँ । स्टार स्ट्राइकर एर्लिङ हालान्डको निर्णायक गोलको मद्दतमा नर्वेले आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ (नकआउट चरण) मा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको डलास रङ्गशालामा बुधबार राति सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा नर्वेले अन्तिम समयमा गोल गर्दै महत्वपूर्ण जित दर्ता गर्यो। यससँगै नर्वेले क्वार्टरफाइनल प्रवेशका लागि उपाधि दाबेदार ब्राजिलसँग प्रतिस्पर्धा गर्ने भएको छ।
नर्वेलाई अग्रता दिलाउने क्रममा खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गरे। पहिलो हाफ १–० ले पछि परेको आइभरी कोस्टले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै ७४औँ मिनेटमा अमाद डियाल्लोको गोलमार्फत खेल १–१ को बराबरीमा ल्यायो।
बराबरीतर्फ उन्मुख खेलको ८६औँ मिनेटमा एर्लिङ हालान्डले निर्णायक गोल गर्दै नर्वेलाई २–१ को अग्रता दिलाए। बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि नर्वेले रोमाञ्चक जितसहित अन्तिम १६ मा आफ्नो स्थान पक्का गर्यो।
अब नर्वेले क्वार्टरफाइनल प्रवेशका लागि बलियो टोली ब्राजिलको चुनौती सामना गर्नेछ।
तपाईको प्रतिक्रिया