बिहीबार १८ असार २०८३
समाज

मनमैजु डाँडागाउँमा लायन्स क्लब अफ काठमाडौं तार्केश्वर प्लानेटको वृक्षारोपण कार्यक्रम सम्पन्न

बुधबार असार १७, २०८३/ Wednesday 07-01-26

काठमाडौं। लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई, नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं तार्केश्वर प्लानेट ले लायन वर्ष २०२६/०२७ को शुभारम्भका अवसरमा मनमैजु डाँडागाउँमा १०० वटा भन्दा बढि फलफूलका बोट बिरुवा रोपेर वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

डिष्ट्रिक्ट कार्यकारी सल्लाहकार तथा क्लबका संस्थापक अध्यक्ष लायन जनार्दन फुयाल को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा क्लबका अध्यक्ष लायन उद्धवराज तिमिल्सिना, पूर्वअध्यक्ष लायन सुदर्शन फुयाल, डिष्ट्रिक्ट संयोजक लायन सुरेश तिमिल्सिना, पूर्वअध्यक्ष लायन मधुसुदन नेपाल, डिष्ट्रिक्ट विभाग सदस्य, पूर्व क्लब अध्यक्ष तथा जोन अध्यक्ष लायन समकेश्वर खत्री लगायत पदाधिकारी एवं सदस्यहरूको सहभागिता रहेको थियो।

वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले वृक्षारोपण गरिएको क्लबले जनाएको छ। सोही अवसरमा लायन वर्ष २०२६/०२७ का लागि क्लबको पदभार तथा कार्यसम्पादन पुस्तिका हस्तान्तरण गरी नयाँ कार्यकालको औपचारिक शुभारम्भ समेत गरिएको थियो।

 

 

तपाईको प्रतिक्रिया