बिहीबार १८ असार २०८३
राजनीति

राष्ट्रियसभा अध्यक्षद्वारा सांसदका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ

बुधबार असार १७, २०८३/ Wednesday 07-01-26

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सदनमा सांसदहरूले उठाएका विषयमा सरकारलाई स्पष्ट जवाफ दिन निर्देशन दिएका छन्।

सोमबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष दाहालले आकस्मिक समय, शून्य समय, विशेष समय तथा प्रादेशिक सरोकार समयका क्रममा सांसदहरूले उठाएका सबै प्रश्नको जवाफ दिन संघीय सरकारका सम्बन्धित मन्त्रीहरूलाई रुलिङ गरेका हुन्।

बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रियसभामा उठाइएका जनसरोकारका विषयलाई सरकारले गम्भीरतापूर्वक लिएर सदनमै जवाफ प्रस्तुत गर्नुपर्ने बताएका छन्।

यसअघि सोही बैठकमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसदहरूले शून्य समयमा उठाइएका जनतासँग सम्बन्धित प्रश्नहरूमा सरकारले कुनै प्रतिक्रिया नजनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। त्यसपछि अध्यक्ष दाहालले सरकारलाई आवश्यक निर्देशन दिएका हुन्।

तपाईको प्रतिक्रिया