राजनीति
देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण छानबिन, जयवीरलाई विभागको पुर्जी
मंगलबार असार २३, २०८३/ Tuesday 07-07-26
काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिँदै पुर्जी जारी गरेको छ।
विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी जाँचबुझका क्रममा केही विषयमा सोधपुछ गर्नुपर्ने भएकाले सात दिनभित्र उपस्थित हुन पुर्जीमार्फत आग्रह गरेको जनाएको छ। जारी गरिएको पुर्जी बुढानीलकण्ठस्थित देउवा निवासमा समेत टाँस गरिएको छ।
यसअघि विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पनि बयानका लागि बोलाइसकेको थियो।
हाल शेरबहादुर देउवा विदेशमा रहेका कारण उनी कहिले नेपाल फर्किने भन्ने मिति तय भइसकेको छैन। यसअघि नेपाल फर्किने जानकारी गराइए पनि आगमनको निश्चित मिति सार्वजनिक गरिएको छैन।
तपाईको प्रतिक्रिया