मंगलबार २३ असार २०८३
समाज

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त

मंगलबार असार २३, २०८३/ Tuesday 07-07-26

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन शाहले उनलाई आयोगको उपाध्यक्षको जिम्मेवारी दिएका हुन्।

नवनियुक्त उपाध्यक्ष खत्रीलाई मंगलबार शिक्षा तथा खेलकुदमन्त्री एवं आयोगका सहअध्यक्ष सस्मित पोखरेलले मन्त्रालयमा आयोजित कार्यक्रममा नियुक्तिपत्र हस्तान्तरण गरेका छन्।

यसअघि आयोगको उपाध्यक्ष पद रिक्त भएपछि अर्को व्यवस्था नभएसम्म पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो।

सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न अध्यादेश जारी गरेपछि आयोगका तत्कालीन उपाध्यक्ष डा. अञ्जनी कुमार झासहित अन्य पदाधिकारी पदमुक्त भएका थिए। सोही कारण आयोगको उपाध्यक्ष पद खाली रहेको थियो, जसमा अब डा. खत्री नियुक्त भएका हुन्।

तपाईको प्रतिक्रिया