केही महिनाभित्रै हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा आउने उद्योग मन्त्री दाबी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र रूपमा अघि बढाइएको बताएकी छन्। सरकारले आवश्यक प्रक्रिया अघि बढाइसकेको र केही महिनाभित्र उद्योग सञ्चालनमा आउने उनको दाबी छ।
राष्ट्रिय सभाको बैठकमा मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कुमारीले उद्योग पुनर्जीवन सरकारको प्राथमिकतामा रहेको स्पष्ट पारिन्।
उनका अनुसार उद्योग सञ्चालनका लागि आवश्यक मर्मतसम्भार सुरु गर्न अर्थ मन्त्रालयले ३३ लाख रुपैयाँ बजेट निकासा गरिसकेको छ। सोही बजेटमार्फत मर्मतका काम अगाडि बढाइएको उनले जानकारी दिइन्।
मन्त्री कुमारीले हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याएर उत्पादन गतिविधि सुरु गर्ने उद्देश्यसहित सरकारले आवश्यक सबै प्रक्रिया द्रुत गतिमा अघि बढाइरहेको बताइन्।
तपाईको प्रतिक्रिया