मंगलबार २३ असार २०८३
अर्थ

एकैदिन १४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलबार असार २३, २०८३/ Tuesday 07-07-26

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। लगातार दोस्रो दिन सुनको भाउ ओरालो लाग्दै प्रतितोला एक हजार चार सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात् सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ८९ हजार चार सय रुपैयाँ कायम भएको थियो।

चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला चार हजार पाँच सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ३० रुपैयाँले सस्तो हुँदै चार हजार पाँच सय ५५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

यसैबीच, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस चार हजार एक सय २५ अमेरिकी डलर कायम रहेको छ।

तपाईको प्रतिक्रिया