खेलकुद
अमेरिकालाई ४–१ गोलले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा
मंगलबार असार २३, २०८३/ Tuesday 07-07-26
काठमाडौं । बेल्जियमले घरेलु टोली अमेरिकालाई ४–१ गोलअन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको सियाटल स्टेडियममा आज बिहान सम्पन्न अन्तिम–१६ को प्रतिस्पर्धामा बेल्जियमले प्रभावशाली प्रदर्शन गर्दै सहज जित निकालेको हो।
बेल्जियमको जितमा चाल्स डे केटलारेले नवौँ र ३३औँ मिनेटमा दुई गोल गरे। हान्स भानाकेनले ५८औँ मिनेटमा अर्को गोल थप्दा इन्जुरी समयको तेस्रो मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
घरेलु टोली अमेरिकाका लागि मालिक टिलम्यानले ३१औँ मिनेटमा एक गोल फर्काए पनि त्यसले हार टार्न पर्याप्त भएन।
यससँगै बेल्जियमले क्वार्टरफाइनलमा स्थान बनाएको छ, जहाँ उसले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। पराजित अमेरिका भने घरेलु मैदानमै विश्वकप यात्राको अन्त्य गर्न बाध्य भएको छ।
तपाईको प्रतिक्रिया