बुधबार २४ असार २०८३
खेलकुद

विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा: यस्तो छ खेल तालिका

बुधबार असार २४, २०८३/ Wednesday 07-08-26

काठमाडौँ। फिफा विश्वकप फुटबल २०२६ को अन्तिम आठको समीकरण पूरा भएको छ।

बुधबार बिहान सम्पन्न अन्तिम १६ को अन्तिम खेलमा स्विट्जरल्याण्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गरेसँगै अन्तिम आठमा पुग्ने सबै टोलीको टुंगो लागेको हो।

यसपटक फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्याण्ड, अर्जेन्टिना र स्विट्जरल्याण्डले अन्तिम आठमा स्थान बनाएका छन्। अब यी टोली सेमिफाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यका साथ प्रतिस्पर्धामा उत्रिनेछन्।

अन्तिम आठका खेल तालिका (नेपाली समयअनुसार):

  • फ्रान्स र मोरक्को — जुलाई १०, राति १:४५ बजे
  • स्पेन र बेल्जियम — जुलाई ११, राति १२:४५ बजे
  • नर्वे र इंग्ल्याण्ड — जुलाई १२, बिहान २:४५ बजे
  • अर्जेन्टिना र स्विट्जरल्याण्ड — जुलाई १२, बिहान ६:४५ बजे

अब विश्वकप उपाधिको दौड थप रोमाञ्चक बनेको छ। अन्तिम आठका विजेता टोलीले सेमिफाइनलमा स्थान बनाउँदै उपाधि यात्रालाई निरन्तरता दिनेछन्।

 

तपाईको प्रतिक्रिया