नेप्से परिसूचक ३० अंकले घट्यो, कारोबार रकम ४ अर्ब ८२ करोड नाघ्यो
काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। अघिल्लो कारोबार दिन मंगलबार २४.५७ अंकले बढेको बजार बुधबार भने ३०.०९ अंकले ओरालो लागेर बन्द भएको हो।
बजार घटे पनि कारोबार रकममा भने वृद्धि देखिएको छ। मंगलबार ४ अर्ब ४० करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार ८२५ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यसदिन ३६२ वटा कम्पनीका ८४ लाख ६३ हजार १५ कित्ता सेयर कारोबारमा आएका थिए।
कारोबार भएका कम्पनीमध्ये २५ वटाको सेयर मूल्य बढ्दा २४७ वटाको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।
बुधबार कुनै पनि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलसम्म पुग्न सकेन। सबैभन्दा धेरै घाटा भने कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले व्यहोरेका छन्। उक्त बैंकको सेयर मूल्य १३.४१ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा ११ प्रतिशत केबीएल डिबेन्चर २०८९ शीर्ष स्थानमा रह्यो। यस वित्तीय उपकरणको ६२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
उपसूचकतर्फ म्युचुअल फन्ड समूहबाहेक अन्य सबै समूह राताम्मे देखिएका छन्।
तपाईको प्रतिक्रिया