राजनीति
प्रतिनिधि सभाबाट दुई विधेयक समितिमा पठाउने प्रस्ताव स्वीकृत
बुधबार असार २४, २०८३/ Wednesday 07-08-26
काठमाडौं । प्रतिनिधिसभाले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई विस्तृत छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने निर्णय गरेको छ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव बैठकबाट सर्वसम्मत रूपमा पारित भएको हो।
यस्तै, राष्ट्रिय सभाबाट उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रतिनिधिसभाले अनुमोदन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पेश गरेको उक्त प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको हो।
यससँगै दुवै विधेयकमाथि अब सम्बन्धित संसदीय समितिमा दफावार अध्ययन तथा छलफल अघि बढ्नेछ।
तपाईको प्रतिक्रिया